
सत्ता गठबन्धनमा देखिएको फेरबदलसँगै पूँजीबजारमा उछाल देखिएको छ ।
सोमवार कारोवार शुरू भएको केही मिनेटमै ७९ दशमलव २९ अंकले नेप्से वृद्धि भएको हो ।
सोमवार ११ बजेर २४ मिनेट जाँदा नेप्से सूचक ५ प्रतिशतले बढेको छ । ५ प्रतिशतको वृद्धिपछि नेप्से सूचक २०५९ को बिन्दुमा पुगेको छ ।
आज ११ बजेर ३ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट भित्र मै दोस्रो सर्किट ब्रेक लागेको छ ।
निरन्तर ओरालो लागिरहेको नेप्से आजको बदलिँदो राजनीतिक घटनाक्रमसँगै माथि आएको हो ।
सर्किट ब्रेक भएपछि अहिले केही समयका लागि कारोवार रोकिएको छ ।