
फिल्म ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ ।
सोमवार स्क्रिप्ट पूजा गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा देखिने भएका छन् । यी दुईले पहिलो पटक जोडी बनेर सहकार्य गर्न लागेका हुन् ।
ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने छ । गौचनले यसअघि चर्चित टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए । फिल्ममा नकिम उद्दिमको लगानी रहने छ ।
अम्बर महर्जन छायाँकार रहने फिल्मको बिहीबारदेखि काठमाडौँ र जनकपुरमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।