
तपाईं हामीले सानैदेखि भूतको बारेमा सुन्दै र पढ्दै आएका छौं । तर कसैले देखेको वा महसुस गरेको हो भनेर यकिनका साथ भन्न सकेको छैन ।
तपाईंले भूतका कथाहरू सुन्नु भएको होला तर के तपाईंले कहिल्यै डेटिङ एपमा भूत भेटेको सुन्नु भएको छ ?
हालै यस्तै एउटा अचम्मको घटना बाहिर आएको छ । जहाँ एक व्यक्तिले डेटिङ एप मार्फत आफ्नी मृत श्रीमतीसँग कुरा गरेको बताए ।
रिपोर्टका अनुसार ती व्यक्तिकी श्रीमतीको दुई वर्षअघि मृत्यु भएको थियो । अहिले त्यही श्रीमतीले अचानक डेटिङ प्लेटफर्ममा उनीसँग कुरा गर्न थालिन् ।
यसले पतिलाई धेरै महिनासम्म स्तब्ध अवस्थामा छोड्यो, यो कसरी सम्भव भयो भनेर बुझ्न संघर्ष गरिरहेको थियो ।
अन्ततः ती व्यक्तिले पोडकास्टमा आफ्नो कथा सेयर गर्ने साहस जुटाए । अहिले ती व्यक्तिको अनौठो कहानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
डेली मेलको रिपोर्ट अनुसार डेरेक नामका व्यक्ति बेलायतको लण्डनमा बस्छन् । 'मेरी श्रीमती एलिसनको निधन भएको दुई वर्ष भयो । उनी पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन् । तर एक दिन टिन्डरमा उनको प्रोफाइल देख्दा म छक्क परें । एउटा तस्बिरमा उनी मुस्कुराउँदै थिइन्,' डेरेकले एक पोडकास्टमा खुलासा गरे ।
उनले थपे 'मैले तुरुन्त प्रोफाइल हेरेँ र त्यहाँ कुनै लिखित जानकारी थिएन, तर त्यहाँ मेरी स्वर्गीय श्रीमतीका तीनवटा फोटोहरू थिए जुन मैले पहिले कहिल्यै देखेको थिइनँ । म पूर्ण रूपमा स्तब्ध भएँ । मैले करिब दुई मिनेटसम्म मेरो सास रोकें । अर्को दुई दिनसम्म म सुत्न सकिन ।'
शुरूमा डेरेकले कसैले फेक एकाउन्ट बनाएको हुन सक्ने शंका गरे । नक्कली खाता बनाउन आफ्नी श्रीमतीका तस्बिरहरू कसैले लिएको हुन सक्ने उनको अनुमान थियो ।
यद्यपि त्यसपछि उनले 'हाई' लेखेको म्यासेज प्राप्त गरे । अर्को २४ घण्टासम्म कुनै जवाफ आएन । तर पछि एउटा सन्देश आयो, 'के तपाईं घरमा हुनुहुन्छ ? म बाहिर उभिरहेको छु । कृपया मलाई भित्र आउन दिनुहोस् ।'
यो सन्देश पछि डेरेक नर्भस भए । डेरेकले भने , 'पछि मैले घरको मुख्य ढोका बन्द भएको आवाज सुनें र डरले म गएर ओछ्यानमा पल्टिए । त्यसपछि अर्को सन्देश आयो - तिमी धेरै चाँडै टिन्डरमा आयौ, डेरी ।'
उनले थपे, 'मेरी श्रीमतीले मात्र मलाई डेरी भनेर बोलाउँथिइन् । यो नामको बारेमा अरू कसैलाई थाहा छैन । केही बेरपछि कोठामा कोही पसेको महसुस गरें । म यति डराएँ कि मैले अन्तमा भनें - एलिसन, मलाई माफ गर । म तिमीलाई माया गर्छु र म तिमीलाई धेरै सम्झन्छु । दुई वर्ष भइसक्यो र अब म अगाडि बढ्नुपर्छ ।'
उनले त्यो सन्देश पठाएपछि ढोकाको अर्को छेउमा कोही छ भनी महसुस गरे । तर पनि त्यहाँ कोही थिएन । जब डेरीक सुत्ने कोठामा फर्किए, अनि त्यही डेटिङ एप खोले, त्यहाँबाट उनकी श्रीमतीको प्रोफाइल हटिसकेको थियो ।