
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ ।
आइतवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रति औंस दुई हजार एक सय ७८ डलर आसपास कारोबार भइरहेको छ ।