
मुुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक (एफडिआइ) झन्डै पाँच गुणाले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालुु आवर्षको साउनदेखि माघ महिनासम्म पाँच अर्ब १८ करोड रुपियाँ एफडिआई भित्रिएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब चार करोड रुपियाँ मात्र एफडिआई भित्रिएको थियो । चालुु आवको सात महिनामा पुुँजीगत ट्रान्सफर २९ प्रतिशतले कमी आई तीन अर्ब ८० करोड रुपियाँ कायम भएको छ । गत वर्ष सो अवधिमा पुुँजीगत ट्रान्सफर पाँच अर्ब ३५ करोड रुपियाँ कायम रहेको थियो । गोरखापत्रमा खबर छ ।