
चर्चित भारतीय गायक पपोनले शुक्रवार काठमाडौँमा कन्सर्ट गरेका छन् । चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा उनले आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई झुमाएका थिए ।
कोक नेपालको काठमाडौँ इज कूकिंग नामक कार्यक्रममा उनीसँगै नेपाली कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिएका थिए। पपोनको वास्तविक नाम अङ्गाराग महन्ता हो ।