०६ साउन २०८३, बुधबार

गृह मन्त्रालयले सच्यायो विवादित निर्णय

चैत ८, २०८०
काठमाडौं
गृह मन्त्रालयले सच्यायो विवादित निर्णय

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएपनि गृहले हतारहतार सच्याएका हो । 

मन्त्रालयले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सदैव सचेत रहेको उल्लेख गरिएको छ । 

 ‘यस मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशनको लागि मिति २०८० चैत्र ६ मा तयार गरिएको परिपत्रको मस्यौदा सञ्चार माध्यममा प्रकाशित भएको र सो मस्यौदाको बुँदा नं १ को १.३ र बुँदा नं २ को २.१ मा उल्लेख भएको विषयमा आम सञ्चारकर्मी तथा सम्वद्ध पक्षले व्यक्त गर्नुभएको चासो तथा सरोकार प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’, गृहले भनेको छ । 

मन्त्रालयले यस सम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकाशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी परिपत्र गरिएको स्पष्ट गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्