
मुक्तिनाथ विकास बैंक लिमिटेडले धादिङ्गको विभिन्न स्थानमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता अभिवृद्धिका लागि रोराङ्ग गाउँपालिका र थाक्रे गाउँपालिकाका विभिन्न स्थानमा कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार कार्यक्रममा रोराङ्ग गाँउपालिका वडा नम्बर ५ स्थित सुन्दरदीप महिला विकास बहुद्देश्य सहकारी संस्थामा आबद्ध महिलाहरू र थाक्रे गाँउपालिका वडा नम्बर १० स्थित ठूलोपोखरीका स्थानीयबासीको सहभागिता रहेको थियो ।
उक्त कार्यत्रममा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ्ग प्रविधि र बैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो ।
यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुग्ने बैंकको विश्वास छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।