२३ असार २०८३, मंगलबार
नेपालीमा विद्यालयको नामकरण गर्न निर्देशन

सात दिनभित्र नेपालीमा विद्यालयको नाम नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

चैत २१, २०८०
काठमाडौं
सात दिनभित्र नेपालीमा विद्यालयको नाम नराखे विद्यार्थी भर्ना रोक्ने महानगरको चेतावनी

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको हो । 

सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गरेर विभागमा अनिवार्य सम्पर्क गर्न महानगरले निर्देशन दिएको छ । सात दिनभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाएर कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने महानगरले चेतावनी दिएको छ । 

शिक्षा नियमावली, २०५९ (संशोधन सहित)को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ । 

महानगरले यसअघि संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरण गर्न अनुरोध गरेको थियो । महानगरले यसअघि संस्थागत सबै विद्यालयका नाममा पत्र लेख्दै नियमबमोजिम ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नाम राख्न आग्रह गरेको थियो ।

यस्तो छ महानगरको सूचना

null

salt training

कमेन्ट गर्नुहोस्