
काठमाडौं, २७ असोज – गायिका हरिदेवी कोइरालाले तिहार विशेष गीत ‘तिहारै आयो’ लिएर आएकी छिन् । तिहारको छेकोमा युट्युबमार्फत उनले आफ्नो गीत सार्वजनिक गरेकी हुन् ।
हरिदेवी कोइराला र लक्ष्मी गिरीको स्वर रहेको गीतमा संगीत र शब्द कोइरालाकै छन् । गीतमा मौलिक शब्दहरुको प्रयोग गरिएको छ । र तिहारलाई गीतमार्फत चिनाउन पनि खोजिएको छ ।
गीतको भिडियोलाई भने वासुदेव पोखरेलले निर्देशन गरेका हुन् । क्यामेरामा वासुदेव र भगत गुरुङ छन् भने सम्पादन बालकाशी गुरुङले गरेका छन् ।