३० असार २०८३, मंगलबार

तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

बैशाख ४, २०८१
काठमाडौं
तीन अर्बको ऋणपत्र निष्कासन गर्दै नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ । 

बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा एसबिआई बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजे कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरे । 

नेपाल धितो पत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतिपश्चात् ऋण पत्र निष्कासन गरिने बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्