
चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन् ।
बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो ।
बिहीवार चलचित्र विकास बोर्डमा फिल्म ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को निर्माण इजाजत लिएका छन् ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र ‘मन विनाको धन ठूलो कि धन विनाको मन’मा निर्मातामा विनय अधिकारी रहेका छन्।
अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।
फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ ।
नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् ।
चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।
चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा समावेश हुनेछ ।