०४ साउन २०८३, सोमबार

आजपनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

बैशाख ७, २०८१
काठमाडौं
आजपनि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ । बिहीबारदेखि सुरु भएको भएको कार्यक्रम आज पनि जारी रहने मन्त्रालयले जनाएको छ । 

 कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइन्छ । 

विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ए र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिए । 

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका थापाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्