३० असार २०८३, मंगलबार

शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा प्राथमिक तहका शिक्षक  [सूचनासहित]

बैशाख १५, २०८१
काठमाडौं
शिक्षक सेवा आयोगले माग्यो ठूलो संख्यामा प्राथमिक तहका शिक्षक  [सूचनासहित]

शिक्षक सेवा आयोगले ठूलो संख्यामा प्राथमिक तहका शिक्षक माग गरेको छ । आयोगले आज (शनिबार) सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि चार हजार चार सय ६२ शिक्षक माग गरेको हो । 

सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। 

योग्यता पुगेका इच्छुक व्यक्तिलेhttps://tsc.gov.np मा जेठ १३ गतेसम्म आवेदन दिन सकिन सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना

 

salt training

कमेन्ट गर्नुहोस्