कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
कास्की | बैशाख १७, २०८१
समय–समयमा चर्चामा आइरहने पात्र हुन्, राजीव गुरुङ (दीपक मनाङे) । पाँचौंपटक मन्त्री बनेर ‘रेकर्ड’ कायम गरेका मनाङे खगराज अधिकारी नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री छन् ।
भौतिक पूर्वाधार मनाङेले रोजेकै मन्त्रालय हो । गत चैत ५ मा सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक मन्त्री बनेका मनाङेले त्यतिबेला भनेका थिए, ‘७० प्रतिशत बजेट भएको मन्त्रालय मैले ताकेको हुँ । मैले (ताकेको) कमाउनलाई होइन, चेताउनलाई हो ।’
२०७८ मा गण्डकीको खेलकुद मन्त्री हुँदा कर्मचारी कुटेर विवादमा आएका मनाङेले चैतमा चौथोपटक शपथ खाइसकेपछि आफूले काम कसरी पेल्ने देखाउने बताएका थिए ।
‘सबैभन्दा ठूलो भ्रष्टाचार पनि भौतिकमा हुन्छ । मलाई ४/५ दिनको समय दिनुहोस्, म कसरी पेल्छु’, उनले भनेका थिए ।
उतिबेलै चार/पाँच दिन समय मागेका मनाङेले भौतिकमा उत्पातै केही गर्न भने सकेका छैनन् । उनले २० दिनमा दुईपटक मन्त्रीको शपथ खान भ्याए । सामान्य निर्देशनमा नै उनको दैनिकी बितिरहेको छ । अघिल्लो कार्यकालमा उनले चारवटा निर्देशन दिएका थिए ।
मनाङेको सचिवालयले दिएको जानकारीअनुसार विस्तृत परियोजना प्रतिवेदन, ठेक्काका लागि सूचना प्रकाशनपूर्वका कार्यहरू, ठेक्का व्यवस्थापन र निर्माण व्यवस्थापनका विषयमा निर्देशन दिएका थिए ।
डीपीआर र फिल्डको वास्तविक अवस्थामा धेरै परिवर्तन आएमा परामर्शदातालाई नै जिम्मेवार तुल्याउने गरी नीति अवलम्बन गर्ने निर्णय उनको थियो । यस्तै, ठेक्का दिनका लागि विदेशीभन्दा स्वदेशी कम्पनीलाई प्राथमिकता दिन उनले निर्देशन दिएका थिए ।
असारे विकासलाई अन्त्य गर्न कात्तिक मसान्तभित्र बहुवर्षीय योजना स्वीकृत गरी सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन र बजेट अपुग भएमा माग गर्न पनि उनको निर्देशन थियो ।
घण्टे हाजिरीमा कर्मचारीको असन्तुष्टि
विभागीय निर्देशन दिँदै बसिरहेका मनाङेका सम्बन्धमा पछिल्लो समय चर्चामा आएको विषय हो, यातायातका कर्मचारीले घण्टा-घण्टामा हाजिरी गर्नुपर्ने निर्देशन ।
गत मंगलबार यातायात कार्यालय, पृथ्वीचोक पुगेका मनाङेले यातायातका कर्मचारीलाई प्रत्येक घण्टा हाजिरी गर्न निर्देशन दिएका छन् ।
सेवाग्राहीबाट गुनासो आएपछि अनुगमनमा पुगेको बताउँदै मन्त्री मनाङेले गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
‘कर्मचारीबारे अलिकति 'कम्प्लेन' आएर म आएको हुँ । टाइममा आइदिएनन् भन्ने छ । त्यसका लागि हामीले टाइम मशिनजस्तो राखेका छौं । ८ घण्टामा प्रत्येक घण्टा 'थम्ब' गर्नुपर्छ, त्यसो गरेपछि उनीहरू ९ टु ५ बस्नैपर्यो,’ मनाङले भनेका थिए ।
उनको यो निर्णय र निर्देशनप्रति कर्मचारीहरू असन्तुष्ट छन् ।
यातायात कार्यालयका एक कर्मचारीले प्रत्येक घण्टा हाजिरी गर्न सम्भव नरहेको बताए । त्यसो गर्दा कामभन्दा हाजिरीतिर बढी ध्यान हुने उनको भनाइ छ ।
‘घण्टा–घण्टामा त के सम्भव होला, हाजिर मात्र गरेर बस्ने कि के गर्ने ? साध्ये हुँदैन । हाम्रो अफिसमा जनताले नै छड्के गरिरहेका हुन्छन् । लाइन लगाएर हाजिरी गर्दै गयो । हाजिर सकिएपछि फेरि अर्काको पालो आउने हुन्छ कि, कामभन्दा हाजिरीतिर बढी जोड हुन्छ कि,’ ती कर्मचारीले भने ।
यस्तै, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र पोखराका प्रमुख जीतेन्द्रजंग केसी समयसँगै यसको असर देखिने बताउँछन् ।
‘८ बजेदेखि ५ बजेसम्म खोलिन्छ । एकवर्ष देखि ८ बजेदेखि खोलेका छौँ । परीक्षणको रूपमा रहेको छ । असर/प्रभाव हेरौँला । समयले कस्तो असर प्रभाव पार्छ सेवाप्रवाहमा भनेर हेर्नुपर्ने हुन्छ,’ उनले भने ।
पदबहाली गर्दा मनाङले विद्युतीय सवारी साधनलाई सार्वजनिक सवारी साधनको रूपमा दर्ता गर्दा तथा रुट प्रदान गर्दा विद्युतीय सवारी साधन बिक्रेताले अनिवार्य रूपमा मन्त्रालयले तोकेको कम्तीमा ३ जिल्लामा ‘फास्ट चार्जिङ’ स्टेसन खोल्नुपर्ने निर्णय गरेका थिए ।
साथै, उनले भौतिक पूर्वाधारसम्बन्धी काम अनुगमन गर्नका लागि केन्द्रीयस्तरको अनुगमन समिति गठन गर्ने निर्णय पनि गरेका थिए ।
मन्त्रालयमा खादामाला निषेध, बाहिर पिर्के सलामी !
मनाङेको कार्यकक्ष पस्नुअघि मन्त्रीको ‘नेम प्लेट’मुनि एउटा सानो सूचना देख्न सकिन्छ । उक्त सूचनामा भनिएको छ, ‘भेटघाटको क्रममा खादा तथा मालाका लागि कुनै पनि कष्ट नगर्नू ।’
मन्त्रालयमा भेट्न जाँदा खादा र माला समेत निषेध गरेका मनाङेले पिर्के सलामी लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
वैशाख ९ मा गण्डकी प्रहरी तालिम केन्द्र पोखरा– १५ छिनेडाँडामा उनले प्रहरीबाट पिर्के सलामी लिएका थिए ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...