३० असार २०८३, मंगलबार

मातातीर्थ औँसीको अवसरमा नबिल बैंकले सार्वजनिक गर्‍यो सन्देशमूलक भिडियो

बैशाख २६, २०८१
काठमाडौं
मातातीर्थ औँसीको अवसरमा नबिल बैंकले सार्वजनिक गर्‍यो सन्देशमूलक भिडियो

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।

हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ भिडियो सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

विशेष गरी शहर र जागिरमा रहेका महिलाहरू आमा बनेपछिको अवस्थालाई यो भिडियोले औंल्याएको छ ।

आमा बन्ने क्रममा आफ्नो पहिचान नै बिर्सिएकी महिला, उनको व्यस्तता, छोराछोरी र परिवारप्रतिको उनको दायित्व भिडियोमा देखाइएको छ ।

त्यस्तै आमालाई आफ्नो पहिचानमा फर्काउन तथा खुसी बनाउन सन्तान र परिवारले खेल्ने भूमिका पनि भिडियोमा समेटिएको छ ।

२ मिनेट ४५ सेकेन्डको भिडियोले शहरको सानो परिवार अनि आमाले सन्तानको लालनपालनमा आफ्नो करिअरलाई कसरी बिर्सिन्छिन् भन्ने यथार्थ चित्रण गर्न खोजिएको छ ।

भिडियोले देखाइएको आमाको दैनिकी अधिकांश नेपालीहरूको घरको कथासँग मेल खान्छ ।

नेपालको अग्रणी बैंक नबिलले विभिन्न सन्दर्भमा समाजलाई सचेतना फैलाउने तथा सन्देश विस्तार गर्ने भिडियो बनाउँदै आएको छ ।

मातातीर्थ औँसीका अवसरमा बनाइएको भिडियोमा धेरै जनाले आफ्नो आमाप्रति कृतज्ञता व्यक्त गर्दै भिडियोको प्रशंसा गरिरहेका छन् ।

यस्तो छ भिडियो

 

salt training

कमेन्ट गर्नुहोस्