१० साउन २०८३, आइतबार

यूएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ सांगितिक कार्यक्रम

जितु नेपालदेखि शान्तिश्री परियारसम्मले प्रस्तुति दिने
जेठ १, २०८१
काठमाडौं
यूएईमा ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेससँग’ सांगितिक कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले यही मे १९ तारिख यूएईस्थित बरदुबईको एसके७ क्लबमा सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरूले आफ्नो प्रस्तुति दिने मनी ट्रान्स्फरले जनाएको छ ।

चर्चित हास्य कलाकार तथा सिटी एक्सप्रेस मनी ट्रान्स्फरका ब्रान्ड एम्बेस्डर जितु नेपाल,  चर्चित आधुनिक गायिका मिलन नेवार, लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी, गायिका शान्तिश्री परियार र कलाकार अञ्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरूले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले पैसा पठाइरहेका छन् ।

आफ्ना ग्राहक तथा युएईस्थित सम्पूर्ण नेपालीहरूलाई मनोरञ्जन दिलाउने हेतुले कार्यक्रमको आयोजना गरिएको सिटी एक्सप्रेस मनी ट्रान्स्फरले जानकारी दिलाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले 'सिटी पे वालेट'मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्