
कुमारी बैंक लिमिटेड ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड– २०२४’ बाट सम्मानित भएको छ ।
इन्फोसिसको फिनाकल १०.२.२५ कोर बैंकिङ सफ्टवेयरमार्फत सरल र सुरक्षित बैंकिङ्ग सेवा दिँदै आएको बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।
उक्त अर्वाडका लागि १० विधामा २०० मनोनयन गरिएको थियो ।
उपाधिले भविष्यमा नवीन प्रविधिमार्फत बैंकिङ्ग क्षेत्रलाई अझै सहज र सुरक्षित बनाई सूचना प्रविधिमा नयाँ आयाम थप गर्न प्रतिबद्ध रहको बैंकले जनाएको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ४९ एक्स्टेन्सन काउन्टर तथा ५९ शाखारहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।