२४ जेठ २०८३, आइतबार

रैता सलादः गर्मीको उत्तम परिकार, हुन्छन् अनेक प्रकार

जेठ १९, २०८१
काठमाडौं
रैता सलादः गर्मीको उत्तम परिकार, हुन्छन् अनेक प्रकार

गर्मीमा खाने खालका उत्तम परिकारमध्ये रैता सलाद पनि एक हो । यो याममा रैताको माग धेरै हुन्छ । रैता सलाद मन नपराउने पनि कमै हुन्छन् । हुन त रैता सलादलाई कुनै खानाका साथमा दिइने पूरक परिकारको रुपमा बुझिन्छ । तर यसको महत्व, विविधता र स्वास्थ्यसम्बधी धेरै विषय लुकेका छन् । रैता सलादको दुनियाँ यति विशाल छ, यो बुझ्न हामी कुनै गर्मी ठाउँमै पुग्नुपर्ने हुन्छ ।

null

रैता शब्द बंगाली र हिन्दीबाट नै आएको हो । रैता होस् या र इता यो परिकार पछिल्लो समय भारतमा मात्र नभइ मध्यपूर्व हँुदै विश्वभर नै छाएको छ । रैता मिश्रणको प्रमुख अंश दही हो । चिसो चिनीमुक्त दहीमा कुन स्वादमा रैता बनाउने सोहीअनुसार अन्य सामग्री र  मसला हालेर तयार गरिन्छ । मुख्यतयाः रैता मसालेदार परिकार र बिर्यानीका साथमा पस्किइने भएता पनि दाल चामल, पुलाउ, अन्य परिकारका साथमा पनि रैता पस्कन सकिन्छ । भेज या ननभेज जुनसुकै परिकारमा रैता पस्कन मिल्छ । खाएको खानालाई हलुका र मन्द शीतलता प्रदान गर्ने कार्यमा रैताले प्रमुख भूमिका खेलेको हुन्छ ।

null

रैता सलाद बीसौंथरिका हुन्छन् । कुनै मन्द मसलेदार हुन्छन् भने कुनै पूर्ण मसलेदार । कुनै–कुनै पिरो–अमिलो खालका पनि हुन्छन् । कुनै सादा हुन्छन् भने कुनैको गुलियो स्वादको हुन्छ । जुनसुकै स्वाद र कलरमा बनेता पनि यो परिकारको मुख्य अंश भनेको सादा चिनीमुक्त दही नै हो ।

किन लोकप्रिय भयो ?

रैता लोकप्रिय हुनुका कारण धेरै नै छन् । एक त गर्मी महिनामा रैता धेरैको रोजाइमा पर्छ । अर्कोतर्फ मसालेदार खानासँग यसको संयोग मिल्छ । स्वस्थ्यका दृष्टिले पनि रैता खानु निकै उपयोगी मानिन्छ । रैता लोकप्रिय हुनुको पछाडि यसको विविधताका कारण पनि हो । रैताका कयौँ किसिम छन् र स्वादमा पनि भिन्न–भिन्न

गर्मी मौसममा यो परिकारको अझ धेरै खपत हुन्छ । कुनै मुख्य परिकारको अतिरिक्त खाना ( साइड डिस)को रुपमा मात्र नभइ  सलादको रुपमा पनि सेवन गर्दा शीतलता र स्वास्थ्यवर्द्धक हुन्छ । यो परिकार प्रायः सबै परिकारमा मिल्ने हुँदा धेरैका लागि लोकप्रिय छ । रैताका पारखी संसारभर जताजतै भेटिन्छन् ।

यसका विविधता
रैताका धेरै प्रकार छन् । कसलाई कस्तो रैता मन पर्छ त्यही अनुसारका रैता बनाउन मिल्छ । कसैलाई पिरो–अमिलो मन पर्छ भने कसैलाई हल्का या सादा मन पर्छ, त्यहीअनुसार तयार गरिन्छ । फलफूलको स्वादमा मनपर्नेलाई फलदारी रैताका विविध परिकार हुन्छन् ।  रैताको मुख्य घटक या मिश्रण अंश ताजा दही नै हो ।

null

कुकम्बर रैता, कुकुम्बर पुदिना रैता, टोम्याटो रैता, अनियन रैता, मिक्स रैता, टोम्याटो अनियन रैता, चुकन्दर रैता, आलस रैता, लौकी रैता, बुन्डी रैता, पालक रैता, अनानस (पाइन एप्पल) रैता, खिरा पुदिना रैता, अनार रैता, मेङ्गो रैता, मखना रैता, गाजर रैता, सिमला मिर्च रैता, धनियाँ पुदिना रैता, भिण्डी रैता, बुर्हानी रैता, कास्मिरी गुलियो रैता, मसला रैता, तड्का रैता, जीरा रैता, मुली रैतालगायत धेरै किसिमका रैता सजिलै बनाएर पस्कन सकिन्छ । 

बिर्यानीपुलाउमा मात्र नभै दाल, करी, कबाब, टिक्का र तन्दुरीका साथमा पनि रैता पस्कन सकिन्छ । यो परिकारले शरीरमा हलुका र शीतलता प्रदान गर्ने हँन्छ । यो कुनै मसालेदार भारी भोजनपश्चात सेवन गर्दा अझ उत्तम हुने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्