०५ साउन २०८३, मंगलबार
क्रिकेट

टी–२० विश्वकप : नेपालले दियो नेदरल्याड्सलाई १०७ रनको लक्ष्य

जेठ २२, २०८१
काठमाडौं
टी–२० विश्वकप : नेपालले दियो नेदरल्याड्सलाई १०७ रनको लक्ष्य

अमेरिकामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याड्सलाई १०७ रनको लक्ष्य दिएको छ । 
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका सहित उक्त रन जोडे । 

खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुई विकेट गुमायो। कुशल भुर्तेल ७ रन तथा आसिफ शेख ४ रनमै  आउट भए । 

त्यसपछि आएका करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए ।  यसैगरी अनिल शाहले ११ रन जोड्दा कुशल मल्ल ९ रन बनाएर आउट भए ।

नेदरल्यान्ड्सका लागि टिम प्रिङ्गल र लोगान भान विकले तीन–तीन विकेट लिए । यसैगरी पल भान मिकेरन र बास डि लिडले पनि दुई–दुई विकेट लिए । 

salt training

कमेन्ट गर्नुहोस्