
ग्लोबल आईएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल यूनिभर्स’ सञ्चालनमा ल्याएको छ ।
सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरूलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो ।
बैंकले क्यूआर कोड तथा पीओएस रजिस्ट्रेसन, ईजी बाई ईजी पे, इकम कार्ड आवेदन, मुद्दती निक्षेप खाताको आवेदन, नयाँ क्रेडिट कार्ड आवेदन, मोबाइल बैंकिङ एक्सेस, मोबाइल बैंकिङ ब्लक तथा अनब्लक, डेबिट कार्ड ब्लक तथा अनब्लक, नयाँ डेबिट कार्ड आवेदन, डेबिट कार्ड परिवर्तनको आवेदन, ग्रीन पिन (डेबिट कार्डको लागि) आवेदन, क्रेडिट कार्डको विवरणको लागि आवेदन, क्रेडिट कार्ड परिवर्तनको आवेदन, ग्रीन पिन (क्रेडिट कार्डको लागि) आवेदन, क्रेडिट कार्ड ब्लक तथा अनब्लक, डिम्याट, सिआस्बा, मेरो शेयर, टीएमएस खाता खोल्ने, मुद्दती खाता प्रिम्याचुयर आदि ग्राहकमैत्री सेवाहरू बैंकको वेबसाइटबाटै अनलाइन प्रदान गर्नेछ ।
ग्राहकहरूले यस बैंकको वेवसाइटमा रहेकाको ‘डिजिटल यूनिभर्स’मा गई वा https://digitaluniverse.gibl.com.np/ मा सिधै क्लिक गरी उल्लेखित सेवाहरू आफ्नो अनुकूलमा प्रयोग गर्न सक्नुहुनेछ ।
बैंकले केही दिन अगाडि मात्र विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल यूनिभर्स’ सञ्चालनमा ल्याएको थियो ।
जसमा चेक जम्मा गर्ने मशिन, नगद जम्मा गर्ने मशिन र एटीएम मशिनजस्ता अत्याधुनिक मशिनहरू रहेका छन् ।
पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूलाई अनलाइनमार्फत नवीनतम बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले बैंकले डिजिटल यूनिभर्स सार्वजनिक गरेको हो ।
आजको युगमा डिजिटल बैंकिङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ ।
ग्लोबल आईएमई बैंकको डिजिटल यूनिभर्स नेपाली बैंकिङ क्षेत्रमा नवीन प्रयास रहेको छ । यसले हाम्रो बैंकिङ क्षेत्र तथा मुलुकको समग्र डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ ।
ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।