×

नेप्सेमा सामान्य अङ्कको वृद्धि, कारोबार उच्च

काठमाडाैं | जेठ ३०, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको वृद्धि देखिँदा कारोबार रकम भने उच्च देखिएको छ ।

नेप्से परिसूचक ६ दशमलव ३७ अङ्कले बढेर २ हजार १ सय २१ दशमलव ६२ को विन्दुमा कायम भएको छ ।


Advertisment

आज तीन सय १२ कम्पनीको एक करोड २९ लाख ५० हजार चार सय सात कित्ता शेयर ७४ हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार दुई सय ४५ बराबरको कारोबार भएको छ ।


Advertisment

आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छभने अरू सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै वित्त समूह एक दशमलव ०७ प्रतिशतले बढेको छ । बैङ्किङ शून्य दशमलव ८३, विकास बैङ्क शून्य दशमलव ११, लगानी शून्य दशमलव १२, जीवन बीमा शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६० प्रतिशतले बढेको छ । ​​

लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ३३ र अन्य समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २७ करोड ६३ लाख ६० हजार चार सय ९१ बराबरको शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडको नौ लाख ५१ हजार दुई सय सात कित्ता शेयर किनबेच भएको छ ।

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

जेठ १९, २०८१

माछापुच्छ्रे बैंक लिमिटेडले त्रिभुवन जन माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको विद्...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x