×

सहकारी ठगीको पेचिलो मुद्दा

सहकारीमा ६४ अर्बभन्दा माथि ठगी : ४ सय बढी पक्राउ, फिर्ता होला सर्वसाधारणको रकम ?

काठमाडाैं | असार ३, २०८१

एकपछि अर्को सहकारी ठगी प्रकरण सार्वजनिक भइरहँदा यससम्बन्धी मुद्दा थप पेचिलो बनेको छ । सडकदेखि सदनसम्म सहकारी ठगीविरुद्ध आवाज घन्किरहेको छ ।

सर्वसाधरणले भविष्यमा आउने गर्जो टार्न जम्मा गरेको रकम सहकारी सञ्चालकदेखि कर्मचारीसम्मले अपचलन गरेपछि उनीहरू पीडामा छन् ।


Advertisment

दर्जन बढी सहकारीका लाखौं सदस्यको अर्बौं रुपैयाँ अपचलन भएसँगै केही मुद्दा अदालतमा विचाराधीन छन् । तर, फैसला भएपनि सहकारीका ग्राहक सदस्यले जम्मा गरेको रकम फिर्ता पाउनेमा संशय देखिन्छ ।


Advertisment

सहकारी सञ्चालकहरू राजनीतिक दलका नेतादेखि राज्यसत्तामा पहुँच राख्ने भएकाले अपचलन गरेको रकम फिर्ता पाउन मुस्किल देखिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारी र उनै लामिछानेका व्यावसायिक साझेदार तथा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष जीबी राई जोडिएका केही सहकारीको मुद्दा अहिले विचाराधीन छ ।

सरकारले लाज छोप्न संसदीय समिति बनाएको छ । तर, यो समितिले अहिलेसम्म काम थालेको छैन । प्रतिपक्षी नेपाली कांग्रेसले शुरूका चरणमा जसरी मुद्दा पेचिलो बनाएर संसदमा आवाज उठाएको थियो, समिति बनाएपछि त्यो अलि मत्थर बनेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न समयमा ३ सय ५० सहकारी संस्थाबाट बचतकर्ताको झण्डै ६४ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी तथा गुनासो परेका थिए, जसमध्ये केहीको अदालतमा मुद्दा विचाराधीन छन् । केहीको फैसला समेत भएको छ ।

सहकारीको रकम अपचलन गर्नेमध्ये ‘हेभिवेट’ ठगको सूचीमा गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबहादुर राई (जीबी राई), सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङ, ओरेन्टल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सुधीर बस्नेत, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन अध्यक्ष केदार शर्मा, राप्रपा सांसद गीता बस्नेत, सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक भरत महर्जन, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सुरेन्द्र भण्डारी, देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक रवीन्द्र चौलागाईं, इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देवकुमार नेपाली, कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सीबी लामा र सोही सहकारीका निवर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीलगायत छन् ।

सहकारीका सञ्चालक र अध्यक्षमध्ये सहकारीबाट ऋण लिएर अपचलन गर्नेमध्येका मुख्य पात्र हुन्, जीबी राई । जसको विगतको सम्बन्ध उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग देखिन्छ ।

ग्लालेक्सी फोर के टेलिभिजनमा राईले लामिछानेलाई सेयर सदस्यका रूपमा सहभागी गराएका थिए । राई अहिले फरार छन् । उनी मलेसियामा लुकेर बसेको प्रहरीको भनाइ छ । गृहमन्त्री लामिछानेकै दबाबमा प्रहरीले राईलाई पक्राउ गर्न नसकेको भनेर आलोचना हुँदै आएको छ ।

सहकारी पीडितहरूले सडकमा दैनिक प्रदर्शन गरिरहेका छन् । सरकारलाई दबाब दिइरहेका छन् । पीडितकै दबाबमा सरकारले केही सहकारीका सञ्चालकलाई पक्राउ पनि गरेको छ । तर, उनीहरूले सहकारीबाट अपचलन गरेको रकम जग्गा, घर र अन्य व्यवसायमा लगानी गरेकाले तत्काल पीडितको घाउमा मलम लाग्ने छाँटकाँट देखिँदैन ।

राईले नेटवर्क नै खडा गरेर सहकारीको १६ अर्बभन्दा बढी ठगी गरेको पाइएको छ । राईको समूहले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सहारा चितवन बहुउद्देश्यीय सहकारी, हाम्रो नयाँ कृषि सहकारी, समानता बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी र कल्याण उपकार सेभिङ एन्ड क्रेडिटबाट ऋण लिएर १६ अर्बभन्दा बढी नेटवर्किङ धन्दामा लगानी गरेको देखिन्छ ।

प्रहरीले यी सहकारीका केही सञ्चालक र कर्मचारीलाई नियन्त्रणमा लिए पनि मुख्य योजनाकार राई फरार भएकाले मुद्दा फितलो हुने आशंका बढेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सहकारी ठगीमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरेर अदालतमा मुद्दा चलाएको बताए ।

‘सामान्य चिया पसलदेखि दैनिक लाखौंको कारोबार गर्ने व्यक्तिसम्मले सहकारीमा रकम जम्मा गरेका छन्,’ डीआईजी कार्कीले भने, ‘बचतकर्तालाई आकर्षक ब्याज दिने लोभ देखाएर बचत नै अपचलन गर्नेलाई त्यसै छाड्ने कुरा हुँदैन । सहकारी बोर्ड र सहकारी विभागको समन्वयमा प्रहरीले कारबाही अगाडि बढाइरहेको छ ।’

सहकारी ठगी प्रकरणमा हालसम्म प्रहरीले ४ सय बढीलाई पक्राउ गरिसकेको जानकारी कार्कीले दिए ।

सहकारी विभागका प्रवक्ता टेकराज अर्यालले पीडितले जम्मा गरेको रकम फिर्ता पाउने बताए ।

‘सहकारीको अर्बौं रकम अपचलन गर्ने सञ्चालक र सञ्चालक समितिका सदस्यलाई पक्राउ गरेर मुद्दा चलाएपछि उनीहरूको चलअचल सम्पत्ति बिक्री गरेर भएपनि पीडितलाई भराउने हो,’ अर्यालले लोकान्तरसँग भने, ‘ सम्पत्तिको मूल्यांकन गरेर बिक्री हुन कति समय लाग्छ भन्ने मात्रै हो ।’

नाम – अपचलन रकम

इच्छाराज तामाङ – ५ अर्ब ७७ करोड ८० लाख

सुधीर बस्नेत – ४ अर्ब बढी (सहकारीबाट मात्रै)

केदार शर्मा – ९ अर्ब बढी

गीता बस्नेत – २८ करोड (सहकारीबाट पैसा झिकेर लगानी)

भरत महर्जन – १५ अर्ब बढी

सुरेन्द्र भण्डारी – ८० करोड (सहकारीबाट रकम लिएर फिर्ता नदिएको)

रविन्द्र चौलागाईं – ७ अर्ब

देव कुमार नेपाली – २ अर्ब

सीबी लामा – ८ अर्ब बढी

हिमालय बिक्रम मल्ल – ६ अर्ब बढी

जीबी राई – १६ अर्ब (विभिन्न सहकारीबाट लिएको ऋण)

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x