२४ जेठ २०८३, आइतबार

योग दिवसमा भारतीय दूतावासको पहलः पोखराका तीन ठाउँमा योगाभ्यास  [तस्वीरहरू ]

असार ६, २०८१
काठमाडौं
योग दिवसमा भारतीय दूतावासको पहलः पोखराका तीन ठाउँमा योगाभ्यास  [तस्वीरहरू ]

अन्तर्राष्ट्रिय योग दिवस २०२४ को पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासले पोखराका तीन ठाउँमा योग प्रदर्शन (योगाभ्यास)को आयोजना गरेको छ ।

null

सहभागीहरूले बिहीवार अन्नपूर्ण हिम श्रृङ्खलाको रमणीय दृश्य अवलोकन गर्दै सराङ्कोट भ्यू प्वाइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको शुरूवात भएको थियो ।

null 

यसपछि पोखरानजिकैको पुम्दीकोटस्थित शिव मन्दिरमा योग प्रदर्शन गरिएको भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

null

‘यस कार्यक्रमका लागि एक राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ,’ विज्ञप्तिमा भनिएको छ, ‘योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरू प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए ।’

null

यस्तै भारतीय दूतावासले पोखरा नजिककै अनदु डाँडामा अवस्थित नेपालकै पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा पनि याेग प्रदर्शनको आयोजना गरेको छ ।

null 

‘स्वयम् र समाजका लागि योग’ भन्ने नाराका मनाइँदै गरेको योगाभ्यासमा सहभागी हुन सरकारी अधिकारी, स्थानीय बासिन्दालगायत विभिन्न क्षेत्रका मानिसको सहभागिता रहेको दूतावासले जनाएको छ ।

थप तस्वीरः 

nullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्