३२ असार २०८३, बिहीबार

एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

असार ९, २०८१
काठमाडौं
एनसेल एपमा अब माछापुच्छ्रे बैंकको प्लेटफर्ममार्फत भुक्तानी गर्ने सुविधा

​माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्न सम्झौता भएको छ ।

सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।​

एनसेसलले अन्य सुविधासहितको मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने ‘सधैं अन’ योजना ल्याएको छ ।

सम्झौताअनुसार अब माछापुच्छ्रेमा आफ्नो खाता भएका एनसेलका ग्राहकले मोबाइल बैकिङ्ग एप एमबीएल एम–स्मार्टको​ ​check outसर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिद गर्दा भुक्तानी गर्न सक्नेछन् ।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।​

एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् । जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंक नगदरहित बैंकिङ्गलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यका साथ निरन्तर अगाडि बढिरहेको छ ।

फरक-फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकका लागि नवीन उत्पादन र सेवा ल्याउन सधैं तत्पर रहेको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्