११ साउन २०८३, सोमबार

४ दशमलव ६२ अङ्कले घट्यो नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

असार २४, २०८१
काठमाडौं
४ दशमलव ६२ अङ्कले घट्यो नेप्से, ४ अर्ब ५६ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ दशमलव ६२ अङ्कले घटेर दुई हजार १ सय ३६ दशमलव ३५ को अङ्कमा पुगेको छ ।

आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ ।

वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । 

आज बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।

लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

salt training

कमेन्ट गर्नुहोस्