०४ साउन २०८३, सोमबार

रिजालको पुस्तक ‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण प्रकाशित

असार २५, २०८१
काठमाडौं
रिजालको पुस्तक ‘विश्वविख्यात वैदिक वैज्ञानिक’को दोस्रो संस्करण प्रकाशित

'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो । 

प्रागैतिहासिक विज्ञान र वैज्ञानिकहरूबारे उत्खनन गरिएको यस पुस्तकमा विज्ञान र प्रविधिपरक वैदिक मन्त्रद्रष्टा ५९ जना ऋषिहरूको व्यक्तित्व र कृतित्वका सम्बन्धमा सम्यक विवेचन भएका छन् । 

लेखक रिजालका अनुसार पुस्तकले सर्वप्रथम विश्वमा मानवसभ्यताको शङ्खघोष गर्दै विश्वबन्धुत्वको पाठ पढाउने मनीषिहरूको ज्ञान र देन केलाउने काम गरेको छ । 

प्रकाशक मानव सेवा फाउन्डेशनका अनुसार मामाघर अनाथालय आश्रम ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थ प्रकाशित प्रस्तुत पुस्तकले वेद र विज्ञान बुझ्न चाहनेका लागि आँखीझ्यालको काम गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्