२९ असार २०८३, सोमबार

श्रममन्त्री भण्डारीले गरे पदभार ग्रहण

असार ३१, २०८१
काठमाडौं
श्रममन्त्री भण्डारीले गरे पदभार ग्रहण

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै  मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । 

उनी यसअघिको सरकारमा पनि विक्रम संवत् २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

'वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति–विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा शुरू गरेका नीतिगत प्रयासहरूलाई निरन्तरता दिनेछु,' उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्