२१ असार २०८३, आइतबार

शेयर बजारमा झिनो करेक्सन, कारोबार झन्डै पौने २२ अर्ब

साउन १७, २०८१
काठमाडौं
शेयर बजारमा झिनो करेक्सन, कारोबार झन्डै पौने २२ अर्ब

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा झिनो अंकको करेक्सन देखिएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५.२९ अंकले घटेर बजारमा करेक्सन देखिएको हो । 

बिहीबार तीव्र उतारचढाव देखिएको शेयर बजारले २९ महिनापछि २८०० बिन्दुलाई समेत पार गरेको थियो । अन्तिमसम्म आइपुग्दा नेप्से २७५५.६२ को बिन्दुमा कायम रहेर बन्द भएको छ । 

अघिल्लो दिन बुधवार ६४ अंकले बढेको शेयर बजारमा हालसम्मकै उच्च २१ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो ।

बिहीबार त्यसकै हाराहारीमा २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयरको खरिदबिक्री हुँदा आधादर्जन कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ ।

हाइड्रो इलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, शुभम् पावर लिमिटेड, सिटी होटल्स, कुथेली बुखारी स्मल हाइड्रोपावर र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड ५९ करोड ७५ लाख ९९ हजार रुपैयाँका साथ शीर्ष स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्