२९ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकद्वारा कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण

साउन १८, २०८१
काठमाडौं
माछापुच्छ्रे बैंकद्वारा कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण

माछापुच्छ्रे बैंक लिमिटेडले कैलालीको नवदुर्गा माध्यमिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूरपश्चिम प्रदेशको उक्त विद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

यही साउन १८ गते शुक्रबारका दिन एक औपचारिक कार्यक्रमका बीच बैंकले निर्माण गरेको पूर्वाधारहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो ।

विद्यालयमा खानेपानीको असुविधा हुँदा पठनपाठनमा समेत समस्या रहेको जानकारीपछि बैंकले विद्यालयको अवस्था अवलोकन गरेको थियो ।

त्यसपछि पूर्वाधारहरू निर्माण गरिएको हो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न संघ-संस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्