३० असार २०८३, मंगलबार

आश्मा केसी बनिन् मिस नेपाल वर्ल्डको विजेता

साउन १९, २०८१
काठमाडौं
आश्मा केसी बनिन् मिस नेपाल वर्ल्डको विजेता

यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि आश्मा कुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरमा सम्पन्न ग्राण्ड फिनालेमा उनले मिस नेपाल वर्ल्डको ताज जितेकी हुन् । 

मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारिन् । 

अघिल्लो वर्ष नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी थिइन् । 

समारोहमा नेपाली फेसन, फिल्म र संगीत क्षेत्रका सेलिब्रिटीको बाक्लो उपस्थिति थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्