
नेपाल ल्युब आयल लिमिटेडको पार्टनर मीट सम्पन्न भएको छ ।
'Building Relationship, Accelerating Success' नाराका साथ सम्पन्न कार्यक्रममा देशभरका ५० भन्दा धेरै पार्टनर र नेपाल ल्युब आयलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सिमरामा दुई दिनसम्म चलेको कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधामा सर्वोत्कृष्ट पार्टनरहरूलाई सम्मान गरिएको थियो ।
नेपाल ल्युब आयल ३९ वर्षको गौरवमय यात्रा बोकेको विश्व प्रख्यात र सबैभन्दा सर्वाधिक बिक्री हुने ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक हो ।
देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइरहेको अवस्थामा अघिल्लो वर्षको समीक्षा गरी आगामी दिनको रोड म्यापका लागि मीटमा छलफल भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सरोकारवालाहरू, साझेदारहरू, खुद्रा बिक्रेताहरू, निजी ग्यारेज मेकानिक्स र ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाएर प्रगतितर्फ अग्रसर हुनुपर्ने छलफलको निष्कर्ष थियो ।
कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले निराश बनेर बस्ने समय नभएको बताए । ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन । सबै मिलेर एकजुट भएर समस्यालाई पछाडि राखेर अगाडि बढ्नु पर्नेछ । हाम्रो सम्बन्धलाई अझै मजबुत बनाई राख्न मा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ,' उनले भने, 'हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं । यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा लिन सक्नेछन् ।’
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो ।
यसले अटोमोटिभदेखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ ।