×

बैंकहरूको वार्षिक रिपोर्ट

अधिकांश वाणिज्य बैंकको खराब कर्जामा आएन सुधार, ७ वटाले मात्र गरे प्रगति [सूचीसहित]

काठमाडाैं | साउन २१, २०८१

बैंक तथा वित्तीय संस्थाहरूको नाफामा बढोत्तरी आएजस्तो देखिए पनि खराब कर्जामा भने सुधार आउन नसकेको पाइएको छ ।

Laxmi Bank

एक वर्षको अवधिमा नेपालका वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.५३ प्रतिशत पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ३ प्रतिशतमा सीमित रहेको थियो । 


Advertisment

वाणिज्य बैंकहरूमा ७ वटा बैंकले आफ्नो खराब कर्जा घटाएका छन् भने १३ वटा बैंकको खराब कर्जा बढेको देखिन्छ । 


Advertisment

नेपाल राष्ट्र बैंकले नेपालमा न्यूनतम् कर्जा नोक्सानीको १ प्रतिशतलाई असल कर्जाको रूपमा राखिने व्यवस्था गरेको छ ।

त्यस्तै, ५ प्रतिशतसम्मको न्यूनतम् कर्जा नोक्सानीलाई सूक्ष्म निगरानी, २५ प्रतिशतसम्म कमसल, ५० प्रतिशतसम्मको शङ्कास्पद र १० प्रतिशत न्यूनतम् कर्जा नोक्सानीलाई खराब कर्जाको रूपमा छुट्ट्याइएको छ ।

सोही व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानीको व्यवस्था लागू गर्दै आएका छन् । 

एक वर्षको अवधिमा कुमारी बैंक, हिमालयन बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक र एभरेस्ट बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटाएका छन् । 

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकको खराब कर्जामा सुधार आएको छैन । 

एक वर्षको अवधिमा २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको छ । आर्थिक वर्ष २०८०/८१ मा यस बैंकको खराब कर्जा ०.७१ प्रतिशत छ, जुन अघिल्लो आर्थिक वर्षमा ०.७९ प्रतिशत रहेको थियो । 

कुन बैंकले कति घटाए खराब कर्जा ?  

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्म कुमारी बैंकले ०.०१ प्रतिशतले खराब कर्जा घटाएको छ । यस अवधिसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ । ​

बैंकहरूमा ५ प्रतिशतसम्मको खराब कर्जालाई सामान्य मान्ने गरिन्छ । ५ प्रतिशतभन्दा माथि खराब कर्जा जानुले भने बैंकको लगानी जोखिममा रहको संकेत गर्दछ ।

हिमालयन बैंकले एक वर्षमा ०.०२ प्रतिशतले खराब कर्जा घटाएको छ । यस अवधिमा बैंकको खराब कर्जा ४.९१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षमा ४.९३ प्रतिशत रहेको थियो ।

त्यस्तै, प्रभु बैंकको खराब कर्जा ४.७८ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७०/८० मा यस बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको थियो ।

एक वर्षमा बैंकले ०.२ प्रतिशतले खराब कर्जा घटाएको छ । 

प्राइम बैंकको खराब कर्जा ४.६७ प्रतिशत रहेको छ । यस वर्षमा प्राइम बैंकले ०.१८ प्रतिशतले खराब कर्जा घटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.६५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३.७७ प्रतिशत रहेको थियो । एक वर्षमा यस बैंकले ०.१२ प्रतिशतले खराब कर्जाको भारलाई घटाएको छ । 

नेपाल एसबीआई बैंकको खराब कर्जा २ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस बैंकको खराब कर्जा २.४३ प्रतिशत रहेको छ ।

एक वर्षमा नेपाल एसबीआई बैंकले खराब कर्जा ०.४३ प्रतिशतले घटाएको छ ।

हेर्नुहोस्, रिपोर्ट :

null

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

x