१० साउन २०८३, आइतबार
एक महिनाको अन्तरालमा ३ पटक बाढी

बागमतीको बाढीले जलमग्न भयो सानेपा–टेकु क्षेत्र, सुकुम्बासी बस्ती डुबानमा [ड्रोन तस्वीरहरू]

साउन २२, २०८१
काठमाडौं
बागमतीको बाढीले जलमग्न भयो सानेपा–टेकु क्षेत्र, सुकुम्बासी बस्ती डुबानमा [ड्रोन तस्वीरहरू]

सोमबार रातिदेखिको अविरल वर्षाका कारण मंगलबार सबैभन्दा बढी बागमती नदी किनार आसपासका बस्ती प्रभावित भएका छन् । 

मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै मनसुन पुनः सक्रिय भएको जानकारी दिएको थियो । विभागले उपत्यकाका नदी वरपरका बस्तीलाई सतर्क रहन अनुरोध गरेको थियो ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार पछिल्लो १२ घण्टामा ललितपुरको गोदावरीमा १०१.६ मिलिमिटर पानी परेको छ ।

काठमाडौंको कपनमा ८४.६, थलीप्मा ६७.६, धाप क्षेत्रमा ५९.४, काठमाडौंको नैकापमा ५६.४ मिलिमिटर पानी परेको छ ।  

अविरल वर्षापछि बागमती, विष्णुमतीलगायत नदी किनारका करिडोरको बाटोसमेत अवरुद्ध भएका छन् ।

जावलाखेल लगायत विभिन्न ठाउँका सडक जलमग्न भए । ठाउँ-ठाउँमा सडकमै पानी जमेका कारण सवारी तथा पैदल यात्राका लागि असहज भएको छ ।​

करिडोरसँगै रहेका घरहरूमा बाढी पसेपछि किराना पसल, विभिन्न उद्योग, वर्कसप तथा गोदामहरू डुबानमा परेका छन् ।

यस वर्षको मनसुनमा बल्खु कृषि तथा तरकारी बजारमा तेस्रोपटक बागमतीले क्षति पुर्‍याएको छ । नदी वरपरका बस्ती तथा करिडोरको बाटो पनि ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्