१० साउन २०८३, आइतबार

सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

साउन २९, २०८१
काठमाडौं
सिद्धार्थ बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा १५ प्रतिशत छुट

सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच छुट सम्झौता भएको छ ।

​सम्झौताअनुसार बैंकका ग्राहकलाई आगन्तुकले विभिन्न सेवामा छुट प्रदान गर्नेछ ।​

ग्राहकहरूले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र वेभरेजमा १५ र रुम ट्यारिफमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

यसबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने छ ।​

०१-५९७००२० र [email protected] मा पनि सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा कही समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ।

salt training

कमेन्ट गर्नुहोस्