१० साउन २०८३, आइतबार

नेशनल लाइफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारणसभा सम्पन्न, बीमा शुल्क १६ प्रतिशतले बढ्यो

भदौ ८, २०८१
काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारणसभा सम्पन्न, बीमा शुल्क १६ प्रतिशतले बढ्यो

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा यही भदौ ७ गते वार्षिक साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।​

सभामा अध्यक्ष सिंहले समीक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृष्यहरू धेरै उत्साहप्रद नरहेको बताएकी थिइन् । अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए पनि चुनौतीपूर्ण रहेको उनको भनाइ थियो ।

बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मागमा आएको कमीले स्वदेशी अर्थ व्यवस्थामा प्रतिकूल प्रभाव परेको उनले बताइन् ।​

आर्थिक वर्ष २०७९/०८० मा जीवन बीमा व्यवसाय आशातीत रूपमा विस्तार हुन नसकेको भएता पनि आव २०८०/०८१ मा जीवन बीमा व्यवसायले सुधारको बाटो तय गरेको उनले बताइन् ।

आव २०७९/०८० मा कम्पनीको सबै वित्तीय सूचकाङ्कहरू उत्साहप्रद रहेको छ । कम्पनीको कुल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ ।​​​​

कम्पनीले व्यावसायिक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशनअनुसार खुद नाफाको १ प्रतिशतले रु ९७,३३,१५०/– बराबर रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्