२८ असार २०८३, आइतबार
काठमाडौं प्रहरीको नयाँ कार्यालय

६९ वर्षपछि अत्याधुनिक भवनमा काठमाडौं प्रहरी– त्यो हनुमानढोका, त्यो टेकु र यो भद्रकाली

भदौ १०, २०८१
काठमाडौं
६९ वर्षपछि अत्याधुनिक भवनमा काठमाडौं प्रहरी– त्यो हनुमानढोका, त्यो टेकु र यो भद्रकाली

वि.सं. २०१२ मा हनुमानढोका परिसरमा स्थापित जिल्ला प्रहरी कार्यालय काठमाडौंले ६९ वर्षपछि अत्याधुनिक भवन पाएको छ । 

स्थापनाकालमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को दरबन्दी रहेको यस कार्यालयमा अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व छ । 

डीएसपीको अन्तिम दरबन्दीमा सर्वेन्द्र खनाल (अवकाशप्राप्त प्रहरी महानिरीक्षक)ले नेतृत्व गरेका थिए ।

हनुमानढोकाले २०६२/०६३ मा प्रहरी उपरीक्षक (एसपी) को दरबन्दी पायो । ३ रोपनी १ पैसा जग्गामा सीमित रहेको यस कार्यालयले २०६८ मा एसएसपीको दरबन्दी पाएको थियो ।

एसएसपी राजेन्द्र श्रेष्ठले बोर्डमा नाम लेखाएर केही समय काम गरे पनि दरबन्दीसहितको सरुवा भएर पुगेका थिए, जयबहादुर चन्द (अवकाश प्राप्त एआईजी, हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त) । त्यसबेलादेखि अहिलेसम्म एसएसपीकै दरबन्दी छ । 

२०७२ वैशाख १२ गतेको महाभूकम्पपछि हनुमानढोकास्थित कार्यालय टेकु सर्‍यो । 

नेसनल ट्रेडिङको गोदाम र आयल निगमको कार्यालयमा सरेको प्रहरीले झण्डै ९ वर्ष कष्टपूर्ण तवरले जनगुनासो सम्बोधन गर्दै आएको थियो ।

अपराध अनुसन्धानका लागि ल्याइएका थुनुवा र सेवाग्राहीका उजुरीउपर अनुसन्धान गर्न प्रहरीले पालमुनि बसेर काम गर्दै आएको थियो ।

null

बर्खामा पानी चुहिँदा पनि शान्ति सुरक्षाका लागि अहोरात्र खटिएको काठमाडौं प्रहरीले भद्रकालीमा अत्याधुनिक भवन पाएको छ ।

भवनको उद्घाटन सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरे ।

२०७६ असार १० मा ओली आफैं प्रधानमन्त्री हुँदा जग्गा खरिद गर्न र भवन बनाउन १ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याइदिएका थिए । 

उनै ओलीले सोमबार प्रधानमन्त्रीकै हैसियतमा भवन उद्घाटन गरे ।

null

 २०७६ भदौ २४ गते भवनको शिलान्यास तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका थिए । 

उद्घाटन समारोहमा सम्बोधन गर्दै ओलीले भने, ‘त्यो हनुमानढोकामा म कयौं रात थुनिएको छु । त्यहाँका उडुससँग मेरो चिनजान थियो ।’ 

प्रधानमन्त्री ओलीले निर्दोषलाई दोषी करार गर्ने काम नगर्न प्रहरीलाई निर्देशन दिए ।

उनले सरुवा–बढुवाका लागि झोला/थैला बोकेर नदौडिन पनि आग्रह गरे । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन सरकार तयार रहेको उनको भनाइ थियो ।

हनुमानढोकामा कार्यालय हुँदा थुनुवा कक्ष साघुँरो थियो । त्यतिबेला प्रहरी वृत्तबाट मुद्दा चल्दैनथ्यो ।

null

एउटै मात्र कार्यालयले मुद्दा चलाउँदा दैनिक सयदेखि डेढ सय थुनुवा हुन्थे । अहिले ३ सय २० जना थुनुवा अट्ने हिरासत कक्ष छ । 

१० तले भवनमा ५२ वटा कार्यकक्ष, २१ वटा स्टोर रुम, सय जना प्रहरी सुत्न मिल्ने ब्यारेक, ३२० जना अट्ने थुनुवा कक्ष, २५ जना सिनियर प्रहरी अधिकृत कार्यकक्ष र ब्यारेक छन् ।

त्यस्तै, बेसमेन्टमा ५७ वटा चारपाङ्ग्रे र २२० वटा मोटरसाइकल अट्ने पार्किङ बनाइएको छ । 

null

पानी निकाल्न डिपबोरिङ र वाटर ट्रिटमेन्ट प्लान्ट बनाइएको छ ।

त्यस्तै, आर्टिफिसियल इन्टलिजेन्ससहितको १०८ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ । 

प्रहरी मुख्यालयकै भौतिक पूर्वाधार निर्देशनालयका इन्जिनीयरबाट नक्सा बनाएर भवन निर्माण थालिएको थियो । 

भवन उद्घाटनका क्रममा मन्तव्य राख्दै गृहमन्त्री रमेश लेखकले अत्यन्त सीमित स्रोतसाधनमा असीमित काम गर्नुपरेको बताए । 

उनले प्रहरीलाई निर्देशन दिँदै भने, ‘जनताको मुद्दा बोक्नुस्, जनताको मुद्दा त्यो कुनामा राखेर आफ्नो मुद्दा बोकेर हिँड्नुभएन, मेरो मात्र मुद्दा छ, जनताको मुद्दा छैनन् नभन्नुहोला ।’ 

null

salt training

कमेन्ट गर्नुहोस्