
हाइकिङ र ट्रेकिङ गियरका लागि अग्रणी ब्रान्ड हुम्तो ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औं वार्षिक साधारण सभामा सम्मानित भएको छ ।
काठमाडौंमा सम्पन्न टानको वार्षिक साधारण सभामा आधिकारिक गियर पार्टनर रहेको हुम्तोलाई सोमबार प्रशंसापत्रसहित सम्मान गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, टानका अध्यक्ष निलहरि बास्तोला र महासचिव विनोद सापकोटा समेतको उपस्थितिमा भव्य समारोहका बीच हुम्तोलाई सम्मान गरिएको हो ।
'टानद्वारा सम्मानित हुनु हाम्रा लागि गर्वको कुरा हो र नेपालमा फस्टाउँदो ट्रेकिङ उद्योगमा योगदान गर्न पाउँदा हामी उत्साहित छौं,' हुम्तो नेपालका एमडी सुदर्शन न्यौपानेले भने ।

साथै, हुम्तो एक वर्षका लागि टानको आधिकारिक गियर पार्टनर रहने सम्झौता समेत भएको छ । विश्वबजारजस्तै नेपालमा पनि हुम्तो निकै लोकप्रिय छ ।
टिकाउपन, आरामदायी र नवप्रवर्तनका लागि परिचित हुम्तोका उत्पादनहरू पर्वतारोहीदेखि हाइकरसम्मका लागि निकै उत्कृष्ट छन् ।

नेपालको भौगोलिक बनावटअनुसार निकै उपयुक्त हुने खालको हुम्तोका उत्पादनबारे थप जानकारी यसको आधिकारिक बेवसाइट https://humttonepal.com/ बाट पाउन सकिने कम्पनीले जनाएको छ ।