२१ असार २०८३, आइतबार

चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन अनिश्चित

भदौ २३, २०८१
काठमाडौं
चिकित्सा शिक्षामा स्नातकोत्तर अध्ययन अनिश्चित

 यो वर्ष चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को अध्ययन अनिश्चित देखिएको छ । 

निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा स्नातकोत्तरतर्फ एमडी, एमएस तथा एमडिएसका लागि सिट दाबी नगरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर अध्ययनमा अन्योल छाएको हो ।

 मेडिकल कलेजहरूले स्वमूल्याङ्कन गरी चिकित्सा शिक्षाका कुन विषयमा कति सिट आवश्यक पर्छ भनेर मागदाबी गर्दै चिकित्सा शिक्षा आयोगमा आवेदन दिनु पर्दछ । 

मेडिकल कलेजको निवेदनपछि मात्र आयोगले ती कलेजको अनुगमन गरेर सिट सङ्ख्या निर्धारण गर्ने गर्दछ तर यो पटक निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगमा आवश्यक सिट सङ्ख्या तोकेर निवेदन दिएका छैनन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्