२८ जेठ २०८३, बिहीबार

कक्षा कोठामा पानी पसेपछि विद्यार्थी चौरमा पढ्न बाध्य

भदौ २३, २०८१
हुम्ला
कक्षा कोठामा पानी पसेपछि विद्यार्थी चौरमा पढ्न बाध्य
फाइल तस्वीर

शनिबारको अविरल वर्षाका कारण कक्षाकोठामा पानी पसेपछि हुम्ला सदरमुकाममा रहेको बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । 

कक्षा १, ३ र ५ का ऐच्छिक विषय पढ्ने विद्यार्थीलाई आज चौरमा राखेर पठनपाठन गराउन बाध्य भएको प्रधानाध्यापक कैलाश रोकायाले बताए ।

रातिको वर्षाले कक्षा कोठाभरि पानी पसेपछि चौरमा पठनपाठन गराएको उनले जानकारी दिए ।

वर्षायाममा पानी पर्दा यी कक्षाका विद्यार्थीले प्रायः जसो चौरमा पठनपाठन गर्दै आउनु परेको विद्यालय प्रशासनले जनाएको छ ।

'हरेक वर्ष वर्षायाममा यस्तै समस्या दोहोरिने गरेको छ । यस विषयमा स्थानीय सिमकोट गाउँपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ । राति पानी पर्दा कक्षाकोठामा पानी पसेर असर गर्दा दिउँसो विद्यार्थीलाई खुल्ला आकाशमुनिको चौरमा पठनपाठन गराउँदा बजारको होहल्लाले समस्या हुने गरेको छ,' प्रधानाध्यापक रोकायाले भने ।  

यस्तै, सिमकोट गाउँपालिका–७ जबुका गाउँस्थित डाँडाफयाको खेल बस्तीदेखि औल बस्तीसम्म आवतजावत गर्ने जबुका खोलाको बाटो अवरुद्ध हुँदा समस्या भएको स्थानीयले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्