२७ असार २०८३, शनिबार

लगानी गर्न नसकेपछि धमाधम बैंकिङ प्रणालीबाट रकम खिच्दै राष्ट्र बैंक

भदौ २६, २०८१
काठमाडौं
लगानी गर्न नसकेपछि धमाधम बैंकिङ प्रणालीबाट रकम खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग भएको रकम लगानी गर्न नसकेपछि राष्ट्र बैंकले प्रणालीबाट अरबौं रकम धमाधम खिच्न लागेको छ ।

राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत बैंकिङ प्रणालीमा थुप्रिएको रकम खिच्न लागेको हो ।

गत आइतबार मात्रै बजारबाट एक खर्ब रकम तानेको राष्ट्र बैंकले बुधबार ४० अर्ब खिच्न लागेको हो ।

राष्ट्र बैंकले जारी गरेको २१ दिने निक्षेप सङ्कलन उपकरणका लागि आज बुधबार नै बोलकबोल हुनेछ ।

आज ३ बजेसम्म अनलाइनमार्फत हुने बोलकबोलमा बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० र बढीमा ५ करोड रुपैयाँले निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।

महिना दिन नबित्दै ३ खर्ब २० अर्ब तान्यो

भदौको २ गते राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न एक खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट खिच्यो । बैंकले २१ दिनका लागि उक्त रकम बैंकिङ प्रणालीबाट तानेको थियो । 

१० दिनपछि अर्थात् भदौ १२ गते राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमार्फत तान्यो । र करिब ९ दिनपछि अर्थात् भदौ १९ गते पनि पुन एकै दिन ४० अर्ब रुपैयाँ बजारबाट राष्ट्र बैंकले तान्यो । 

राष्ट्र बैंकले फेरी एक हप्ता नबित्दै भदौ २३ गते एक खर्ब रुपैयाँ तान्यो । र आज फेरी एक हप्ता नबित्दै ४० अर्ब बजारबाट खिच्न लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्