०८ साउन २०८३, शुक्रबार

गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार प्रदान गरिने

असोज १, २०८१
काठमाडौं
गाम्नागे, गौतम र गिरीलाई भैरव पुरस्कार प्रदान गरिने

भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ ।

गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा मंगलबार बसेको बैठकले पुरस्कार प्राप्त गर्नेहरूको नाम अनुमोदन गरेको हो ।

जसअनुसार २०८१ सालको भैरव पुरस्कार हास्य-व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

यस्तै, १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको भैरव वाङ्‍मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिने गुठीले जनाएको छ ।

त्यस्तै, ५१ हजार १ सय ११ रुपैयाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरिने गुठीले जनाएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनोट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहेको समिति गठन गरेको थियो ।

यही असोज १९ गते शनिबार भैरव स्मृति दिवसको दिन राजधानीको गोकर्णेश्वर- ५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्