०४ साउन २०८३, सोमबार

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

असोज २, २०८१
काठमाडौं
नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

नबिल बैंक लिमिटेडका ग्राहकले र्‍याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्‍याडिसन होटलबीच भएको दुईपक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो ।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख नीरज शर्मा र र्‍याडिसन होटलको तर्फबाट फूड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक तथा एटीएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ । 

‘नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने र्‍याडिसन होटल आतिथ्य सेवा (हस्पिटालिटी) उद्योगमा विशिष्ट सेवा दिने परिचित संस्था हो,’ बैंकले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

र्‍याडिसन होटलसँगको यस समझदारीले बैंकका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने नबिल बैंकले जनाएको छ । ग्राहकको हितलाई केन्द्रमा राखेर यो समझदारी गरिएको नबिलको भनाइ छ ।

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटीएममार्फत् सेवा प्रदान गर्दै आएको छ । 

‘बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको शुरूवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।  

salt training

कमेन्ट गर्नुहोस्