२७ जेठ २०८३, बुधबार

एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत

असोज ३, २०८१
काठमाडौं
एसइईमा उत्कृष्ट अंक ल्याउने १५ विद्यार्थी पुरस्कृत

संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आज हेटौँडामा आयोजना गरेको कार्यक्रममा काठमाडौं उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रूपमा काठमाडौं उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद २०, १५ र १० हजारसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरेका हुन् । 

बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

salt training

कमेन्ट गर्नुहोस्