०२ साउन २०८३, शनिबार

उदयपुरको घुर्मीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

असोज ४, २०८१
काठमाडौं
उदयपुरको घुर्मीमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले उदयपुर जिल्ला कटारी नगरपालिका वडा नम्बर १४ मा मंगलबारदेखि घुर्मी शाखा सञ्चालनमा ल्याएको हो ।​

बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्‌घाटन गरे ।

यस नयाँ शाखाबाट ग्राहकहरूले उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू लिन सक्ने उनले बताए ।​

मंगलबारदेखि नै नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सेवाहरू शुरू भएको छ ।

बैंकले २७४ शाखा कार्यालय, ६५ वटा एक्स्टेन्सन काउन्टर, ७७ वटा शाखारहित बैंकिङ र २६६ वटा एटीएममार्फत् सेवा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्