०९ साउन २०८३, शनिबार

डीआईजी कार्कीले ल्याए दशैँ गीत

असोज ११, २०८१
काठमाडौं
डीआईजी कार्कीले ल्याए दशैँ गीत

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीको दशैँ गीत सार्वजनिक भएको छ । प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका कार्कीले लेखेको ‘दशैँ रमाइलो’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो । 

गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । दीपक शर्माको संगीत, श्यामश्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्रीद्धय दीपाश्री निरौला, प्रियंका कार्की र सरोज ओलीको भूमिका छ ।  दशैँको रौनक देखिने गीतमा तीनै जनाले टीका र जमरा लगाएर छमछमी नाचेको देख्न सकिन्छ ।

null

करणसिंह चासिरको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन भने जेरी भण्डारीले गरेका छन् । ‘विशिष्ट सांस्कृतिक महत्व बोकेको नेपालीहरूको महान चाड दशैँ हो,’ गीतबारे गीतकार कार्कीले भने, ‘यसले सबै नेपालीमा उत्पन्न गर्ने हौसला र दशैँ मान्न नपाउनेहरूको मनस्थिति र अवस्थालाई चित्रण गरेको छ ।’ 

गीतले समग्र नेपालीको भावनालाई प्रतिनिधित्व गरेको र सांस्कृतिक महत्वलाई समेत उजागर गरेको कार्कीले बताए । 

डीआईजी कार्कीको दुई साताअघि मात्रै प्रहरीको पीडा र भावना उजागर गरिएको ‘फूलको वासना सरी’ बोलको गीत सार्वजनिक भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्