१० साउन २०८३, आइतबार

न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

साउन ९, २०८३
काठमाडौं
न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्यूजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देही घर भएका ५१ वर्षीय राजकुमार भण्डारी र काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गा घर भएका २९ वर्षीय सुरेश घिमिरे छन् ।

पक्राउ परेका मध्ये राजकुमारले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट तीन लाख र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राजकुमार तारकेश्वर नगरपालिका–१० बाट र सुरेश काठमाडौं महानगरपालिका–७ बाट पक्राउ परेका हुन् ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्