०६ साउन २०८३, बुधबार

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले हुने गरेको खुलासा

कात्तिक २०, २०७४
अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले हुने गरेको खुलासा
काठमाडौँ, १८ कात्तिक- नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ ।doctor-

अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो, नयाँ पत्रिकामा खबर छ ।

निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलनसम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझाबसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्