
विराटनगर, १८ कात्तिक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्ध दुस्प्रचार गरेको आरोप लगाएका छन् ।
उनले एमालेलाई समाप्त पार्न कांग्रेसले हरसम्भव प्रयास गरिरहेको समेत बताए ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगरमा आयोजना गरेको कार्यक्रममा ओलीले कांग्रेसको दुस्प्रचारबाट एमालेलाई भन्दा नेपाली कांग्रेसलाई नै बढी क्षति पुग्ने बताए । उनले कांग्रेसले कम्युनिष्ट सरकार आए रुन पनि नपाइने भन्दै भ्रमपूर्ण प्रचारमा लागेको बताए ।
उनले आगामी चुनावमा वाम गठवन्धनको जीतलाई कसैले रोक्न नसक्ने दाबी गरे ।