१९ असार २०८३, शुक्रबार

डोटीमा जिप दुर्घटना, तीनको मृत्यु

कात्तिक २०, २०७४
डोटीमा जिप दुर्घटना, तीनको मृत्यु
बाजुरा, १८ कात्तिक- डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा आज जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । 

केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् । 

उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ । 
घटनाको पूर्ण विवरण आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्